PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एभोकाडो चोर्ने समूहलाई प्रहरीले समात्यो, पूर्वआइजीकै बारीबाट चोरी



पहिलोपोस्ट

एभोकाडो चोर्ने समूहलाई प्रहरीले समात्यो, पूर्वआइजीकै बारीबाट चोरी

काठमाडौंः प्रहरीले एभोकाडो चोर्ने १२ जनालाई पक्राउ गरेको छ।

एभोकाडो चोरी गर्नेको खोजी गर्ने महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोली परिचालन गरिएको थियो। केही समयदेखि विभिन्न स्थानमा एभोकाडो चोरी भएको सूचना आएपछि प्रहरीले चोरी गर्ने गिरोहलाई खोजी गरिरहेको थियो।

'संयुक्त टोलीले निगरानी गरेर समातेका हौँ। थप अनुसन्धान भइरहेको छ,' महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले भने।

पक्राउ पर्नेहरूमा रामेछाप र काभ्रेका युवाहरू रहेका छन्। उनीहरूले यसरी चोरी गरेको फल फलफूल पसलमा लगेर बेच्ने गरेको देखिएको छ।

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराको घरमा रहेको एभोकार्डो चोरी भएपछि उनले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले सक्रियता देखाएको थियो।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell