PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

एमाले केन्द्रीय कमिटीको बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्ताव माथि छलफल हुने



पहिलोपोस्ट

एमाले केन्द्रीय कमिटीको बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्ताव माथि छलफल हुने
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलमा सुरु भएको हो।

बैठक दुई दिन सम्म चल्नेछ।  बैठकमा असोज १५-१७ मा ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, र पार्टीको विधान माथि छलफल हुनेछ।

यसअघि च्यासलमै सम्पन्न असोज ४ गतेको स्थायी कमिटीको बैठकले ओलीको राजनीतिक प्रतिवेदनसँगै सांगठनिक र विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो। गोदावरीमा हुने विधान अधिवेशन अधिवेशनमार्फत् एमालेले पार्टीको सैद्धान्तिक पक्ष टुंग्याउँदैछ। एमालेमा पहिलोपटक विधान अधिवेशन र महाधिवेशन फरक-फरक हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell