PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ठमेलमा होटेलको कोठाभित्र जर्मन नागरिक मृत भेटिए



पहिलोपोस्ट

ठमेलमा होटेलको कोठाभित्र जर्मन नागरिक मृत भेटिए

काठमाडौंः ठमेलमा एक जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन्।

अन्दाजी ४० वर्षीय जर्मन नागरिक डेभिड मिट ज्याक बिहानी होटेलको कोठा भित्र मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ। ४० वर्षीय डेभिड तीन महिना अघि टुरिस्ट भिसामा नेपाल आएको देखिएको छ।

२ सय १ नम्बर कोठामा उनी बेडमा मृत फेला परेपछि सोधपुछको लागि प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएको छ। उनी यसबिचमा भारत, नेपालको पोखरा लगायत ठाउँमा पुगेको देखिएको छ। प्रहरीले जर्मन दूतावास मार्फत उनका आफन्तको खोजी गरिरहेको जानकारी दिएको छ।

मृतको शरीरमा कुनै चोटपटक देखिको छैन। पोस्टमार्टमको लागि अस्पताल लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell