PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

थप १ लाख ७२ हजार बढीले लगाए कोरोनाविरुद्ध खोप, आज थपिए १४७६ संक्रमित



पहिलोपोस्ट

थप १ लाख ७२ हजार बढीले लगाए कोरोनाविरुद्ध खोप, आज थपिए १४७६ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १५ हजार ६९० जनाको परीक्षण गर्दा १ हजार १०३ जनाको पीसीआर परीक्षणमा र ३७३ जनामा एन्टीजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो।

यस्तै, १ हजार ५५० जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या २० हजार २८७ पुगेको छ।

संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ८१ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १ लाख ७२ हजार ५९० जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। यससँगै देशभर खोपको पूर्ण मात्रा लगाउनेको संख्या ५९ लाख ४६ हजार २२ पुगेको छ। पहिलो मात्रा लगाउनेको संख्या ६३ लाख ८० हजार ५८६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell