PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

करिनाको २० वर्षे फिल्म करियर समेटिएको पुस्तक 'नाजनीन टु नैना' सार्वजनिक



पहिलोपोस्ट

करिनाको २० वर्षे फिल्म करियर समेटिएको पुस्तक 'नाजनीन टु नैना' सार्वजनिक
Photo : Koimoi

बलिउड अभिनेत्री करिना कपूरको करियरमाथि लेखिएको पुस्तक 'नाजनीन टु नैना' सार्वजनिक भएको छ।

उक्त पुस्तक करिनाको कपूरको जन्मदिनको अवसरमा रिलिज गरिएको पुस्तकका लेखक गुरप्रित सिंहले इन्स्टाग्राममार्फत जानकारी दिएका हुन्।

पत्रकार गुरप्रित सिंहले लेखेको यो पुस्तकमा करिनाको २० वर्ष फिल्म करियरको बारेमा लेखिएको छ। पुस्तकले करिनाले फिल्म करियरमा गरेका संघर्ष र कामहरुलाई उतारिएको छ।

अभिनेता सैफ अलि खानसँग बिहे गरेपछि करिना विवादित हुन थालेकी छिन्। कारण सैफ अलि मुस्लिम धर्मका हुन्। छोराको नाम तैमुर र जेह राख्दा समेत उनले आलोचना खेप्नुपर्‍यो।

बढ्दो असहिष्णुता र फोहोरी राजनीतिको कारणले करिनाको आलोचना हुने पत्रकार गुरप्रित सिंह बताउँछन्। जसकारण भारतीय फिल्म उद्योगमा बाहिरका मानिसहरु आइरहेको समेत सिंहको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell