PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

आठ आइफोन सहित ६१ स्मार्ट फोन जफत, दुई जना पक्राउ, भन्सार छलेर गरेका थिए चोरी पैठारी



पहिलोपोस्ट

आठ आइफोन सहित ६१ स्मार्ट फोन जफत, दुई जना पक्राउ, भन्सार छलेर गरेका थिए चोरी पैठारी

काठमाडौं : एप्पलको आइफोनका ८ नयाँ सेट सहित विभिन्न मोबाइल कम्पनीका ६१ वटा मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

भन्सार छलेर भातरबाट मोबाइल लगायतका सामानहरु चोरी पैठारी गरेर ल्याएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। आइफोनसँगै सामसुङ, लाभा, ओप्पो, हुवेई, साओमी लगायत कम्पनीका ६१ वटा स्मार्टफोन प्रहरीले जफत गरेर त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय पठाएको छ। 

चोरी पैठारी गरेर स्मार्ट फोन लगायतका वस्तु नेपाल ल्याएर बिक्री गर्ने कार्यमा संलग्न रहेको भन्दै महोत्तरीको बर्दिवासका आकाश कार्की र अमितकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो। दुवैको उमेर २१ वर्षको छ भने दुवै काठमाडौंको जडीबुटीमा बस्दै आएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell