PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

वसन्तपुर पुगेर राष्ट्रपति भण्डारीद्वारा जिवित देवी कुमारीको दर्शन



प्रवीण रानाभाट

वसन्तपुर पुगेर राष्ट्रपति भण्डारीद्वारा जिवित देवी कुमारीको दर्शन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरस्थित कुमारी घर पुगेर जिवित देवी कुमारीको दर्शन गरेकी छिन्। यँया: (इन्द्रजात्रा) को अन्तिम दिन रथयात्रा सकिएपछि राष्ट्रपति भण्डारी कुमारी घर पुगेकी हुन्।

सो अवसरमा राष्ट्रपतिले कुमारीलाई वस्त्र, आभूषण र सुपारी पनि चढाएकी थिइन्।

राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा हेर्न पुग्थे भने अन्तिम दिन कुमारीको दर्शन गर्न कुमारी घर पुग्थे। गणतन्त्र स्थापनापछि राष्ट्रपति इन्द्रजात्राको दिन गद्दी बैठकमा र जात्राको अन्तिम दिन कुमारी घर पुग्ने गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell