PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

ईपीएल आजबाट सुरु, उद्घाटन खेलमा लामिछानेको काठमाडौंलाई भूर्तेलको ललितपुरको चुनौती



पहिलोपोस्ट

ईपीएल आजबाट सुरु, उद्घाटन खेलमा लामिछानेको काठमाडौंलाई भूर्तेलको ललितपुरको चुनौती

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रिओट्स आमनेसामने हुँदैछन्।

काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा उत्रने छ भने ललितपुर कुशल भुर्तेलको कप्तानीमा उत्रने छ।

खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।

लामिछानेको कप्तानी रहेको काठमाडौंमा पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी, सिंगापुरका जनक प्रकाश, अफगानी ब्याट्सम्यान रहमनुल्लाह गुरबाज लगायतका विदेशी खेलाडी छन्।

त्यस्तै ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ, भुटानका रानजुङ मिकियो दोर्जी लगायतका खेलाडी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell