PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

स्रोत नखुलेको ९५ लाख रुपैयाँ सहित दुई भारतीय नागढुङ्गाबाट समातिए



पहिलोपोस्ट

स्रोत नखुलेको ९५ लाख रुपैयाँ सहित दुई भारतीय नागढुङ्गाबाट समातिए

काठमाडौंः स्रोत नखुलेको ९५ लाख रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकम सहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो।

सागरका साथबाट ४५ लाख र कृष्णका साथबाट ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

चितवनबाट काठमाडौँ आउँदै गरेको ग१ख ६६४५ नम्बरका माइक्रो बसमा सवार उनीहरुले झोलामा उक्त रकम लुकाइछिपाइ ल्याएका थिए।

उनीहरुले पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell