PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ईपीएल: काठमाडौंलाई ललितपुरको १ सय ५८ रनको लक्ष्य, सर्राफको अर्धशतक



पहिलोपोस्ट

ईपीएल: काठमाडौंलाई ललितपुरको १ सय ५८ रनको लक्ष्य, सर्राफको अर्धशतक
तस्बिर: ईपीएल

काठमाडौं: आजबाट सुरु भएको चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्सलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा ललिपुरको ब्याटिङमा राम्रो सुरुवात हुन सकेन। कप्तान कुशल भु्र्तेललाई शुन्य रनमै गुमाएको ललितपुरका लागि सन्डुन वीरकोड्डे पनि २ रनमै पभेलियन फर्किए। त्यस्तै ओशाडा फर्नान्डो पनि ४ रनमै आउट भएसँगै दवावमा आएको ललितपुरको पारी पवन सर्राफ र शंकर रानाले सम्हालेका थिए। सर्राफले ४४ बलमा ५ चौका र ४ छक्काको सहायतामा ६१ रन बनाउँदा शंकर रानाले १४ रन बनाए। त्यस्तै २० बलमा ३ छक्काको सहयातामा योगेन्द्र कार्कीले ३३ रन बनाउँदा रनजुङ मिकियो दोर्जी १७ रनमा अभिजित रहे।

बलिङतर्फ काठमाडौंका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिँदा रायन बर्ल र गुलसन झाले समान २/२ विकेट लिए।

काठमाडौं केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell