PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

मिस युनिभर्सका लागि खुल्यो आवेदन, यसपाला दर्ता शुल्क नलाग्ने



पहिलोपोस्ट

मिस युनिभर्सका लागि खुल्यो आवेदन, यसपाला दर्ता शुल्क नलाग्ने

काठमाडौं : क्लोज क्याम्प र फिनाले अघिका चरणहरु भर्चुअल रुपमा नै पूरा हुनेगरी मिस युनिभर्स २०२१ आयोजना हुने भएको छ। प्रतियोगिता दर्ता, क्वार्टर फाइनल चयन र प्रशिक्षणसत्रलाई भर्चुअल रुपमा नै संचालन गर्ने गरी यस वर्षको मिन युनिभर्स हुन लागेको हो। 

'साहसी, निभर्भिक सुन्दर - मेरा निम्ति सम्पूर्ण नेपाली महिलाहरुको पहिचान हो यो,' प्रतिस्पर्धाबारे मिस युनिभर्स नेपालका निर्देशक नग्मा श्रेष्ठले भनेकी छिन्, 'मैले ७ वर्षको उमेरबाट यस्ता प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने सपना देखेको थिएँ। लास भेगसमा आयोजित मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउँदा मलाई निकै गर्व महसुस भएको थियो।' 

नग्मा अहिले मिस युनिभर्स नेपालको राष्ट्रिय निर्देशक हुन्। प्रतियोगितबारे उनले थप भनेकी छिन्, 'आफू र आफ्नो देशको गर्वसाथ प्रतिनिधित्व गर्न पाएको अवसर मजस्तै सबै नेपाली युवा महिलाहरुसँग होस् भन्ने कुरा सुनिश्चित गर्न चाहन्छु।'

गत वर्ष मिस युनिभर्स नेपाल अंशिका शर्माले जितेकी थिइन्। आयोजकले प्रतिस्पर्धाको आवेदन यस वर्ष नि:शुल्क रहने जनाएको छ। 

मिस युनिभर्स नेपाल हुनेले १० लाख रुपैयाँ नगद पुरस्कार र हिराको ताज पाउनेछ। नेपालको सौन्दर्य प्रतियोगिताको इतिहासमा यो सबैभन्दा उच्च राशीको पुरस्कार रहेको आयोजकको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell