PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा सरकारले अवरोध खडा गरिरहेको छ : विष्णु पौडेल



पहिलोपोस्ट

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा सरकारले अवरोध खडा गरिरहेको छ : विष्णु पौडेल
FILE PHOTO

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन्। पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग समेत गरेका छन्।

रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको उद्घाटन गर्दै उनले विमानस्थलको कामलाई अघि बढाउनका लागि एशीयाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न भनेका हुन्। उनले सो विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गरेका छन्।

‘दोस्रो चरणको निर्माणको काम अघि बढाउनका लागि एडीबी ७ अर्ब लगानी गर्न तयार भएको बसेको छ। डिजाईनका कामहरु सम्पन्न भएका छन्। अत्याधुनिक टर्मिनल निर्माणको डिजाईनको काम सकिएको छ। यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब गर्‍यो भने हाम्रो निम्ति मान्य हुने छैन,' उनले भने,' हामी सशक्त ढंगले जवाफ दिनेछौं। र दोस्रो अन्तर्राष्ट्रि विमानस्थलको दोस्रो चरणको काम सम्पन्न गर्नका लागि सरकारलाई विनाआनकानी ‘काउन्टर पार्ट फण्ड’ सुनिश्चित गर्न, एडीबीसँग शिघ्राधि शिघ्र सम्झौंता गर्न र नयाँ ढंगले दोस्रो चरणको काम अघि बढाउनका लागि निम्ति हामीले दवावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता छ। हामी सो कामलाई रोक्न दिनेछैनौं।’

पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशभरकै नमूना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दावी समेत गरेका छन्। उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुटट्याइएको बजेट सरकारले कटौति गरेको भन्दै असन्तुष्टि समेत जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell