PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

दुई दिनदेखि त्रिशूलीमा कारसहित खसेका तीन जना अझै भेटिएनन्, सशस्त्रको गोताखोरले पनि पत्ता लगाएन



पहिलोपोस्ट

दुई दिनदेखि त्रिशूलीमा कारसहित खसेका तीन जना अझै भेटिएनन्, सशस्त्रको गोताखोरले पनि पत्ता लगाएन
फाइल फोटो

काठमाडौं : बिहीवार राति ११ बजेर ४५ मिनेटमा इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्यो। सडकबाट झन्डै ३५ मिटर तल कार खसेको थियो। मुग्लिनमा कार्यरत प्रहरीले घटनाको जानकारी लियो। त्यसपछि त्यसको जानकारी सशस्त्र प्रहरीको विपद् तालिम केन्द्र कुलिनटारलाई समेत जानकारी थियो।

सशस्त्रबाट ९ जना सुरक्षाकर्मी घटनास्थल पुगे। राति नै खोजी गर्‍यो। केही अप्ठ्यारो स्थान भएकाले राति खोजी गर्न धेरै सम्भव थिएन। त्यसपछि सशस्त्र प्रहरीको गोताखोर टोली बिहानै पुगेर नदीमा खोज्यो। यता सशस्त्रको अर्को टोलीले र्‍याफ्टिङबाट पनि खोजी गरिरहेको थियो। अहिलेसम्म तीन जनाको बेपत्ता नै रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले बताए।

कारका चालकलाई हिजै घाइते अवस्थामा भेटिएको थियो। भेटिएका घाइते पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन्। उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ। कारमा रहेका सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनीकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल भने अझै बेपत्ता छन्। नेपाल प्रहरी  र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ। 

नदीको गहिराइमा पुगेर मानिस बेपत्ता भए भने उद्धार वा खोजीको लागि गोताखोर प्रयोग गरिन्छ। अक्सिजन र सुरक्षित बन्दोबस्त सहित पानीको गहिराइमा पुग्न सक्छन् उनीहरु। सशस्त्र प्रहरीसँग मात्र गोताखोर तालिम गरेका सुरक्षाकर्मीहरू छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell