PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

पोखराको पर्यटन तङ्ग्र्याउन पाँच घण्टे सडक महोत्सव



पहिलोपोस्ट

पोखराको पर्यटन तङ्ग्र्याउन पाँच घण्टे सडक महोत्सव

पोखरा : विश्व पर्यटन दिवसको अवसरमा रेवान पोखराले एकदिने सडक महोत्सव ( मिनी स्ट्रिट फेष्टिबल) आयोजना गर्ने भएको छ। महोत्सव यहीँ  असोज ११ गते सोमवार बाराही चोकदेखि खहरेचोकसम्म गरिने शनिवार आयोजित पत्रकार सम्मेलनमा रेवान पोखराले जानकारी दिएको छ। महोत्सव सोमवार साँझ ५ बजेदेखि राति ११ बजेसम्म हुनेछ।

सरकारले निषेधाज्ञा खुला गरेसँगै पर्यटन क्षेत्रलाई चलायमान गराउन हरेक वर्ष गर्दै आइरहेको मिनी महोत्सवलाई यसवर्ष पनि निरन्तरता दिएको रेवान अध्यक्ष लक्ष्मण बरालले बताए।

कोरोना महामारी पूर्णरुपमा निर्मूल भई नसकेकाले महोत्सव क्षेत्रमा स्वास्थ मापदण्डलाई समेत ख्याल गरिने बरालले बताए। महोत्सवको समयमा बाराही देखि खहरेमा 'नो भेइकल जोन'को अवधारणालाई पालना गरिने छ।  

सो सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाका कारण धर्मराएको पर्यटनलाई चलायमान बनाउन मिनी महोत्सवले भूमिका खेल्ने बताए। उनले पर्यटन क्षेत्रलाई सिंगल डिजिटमा ऋण उपलब्ध गराएर पर्यटन व्यवसायीलाई विस्थापित हुनबाट जोगाउनुपर्ने भनाइ राखेका थिए।

यस्तै, नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत नवीन पोखरेलले पर्यटन दिवसका अवसरमा पोखरामा विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका पदाधिकारीको टोली आउने जानकारी दिए। 

महोत्सवमा विभिन्न कलाकारद्वारा साँस्कृतिक कार्यक्रम, सांगीतिक समूह, लक्ष ब्याड, नेवार समुदायको लाखे नाच, पन्चे बाजा, थारु समुदायको नाच, गन्दर्भ समुदायको सारङ्गी वादन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell