PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

केपी ओलीको पार्टीलाई अब टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल 



निशा गुरुङ

केपी ओलीको पार्टीलाई अब टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल 

हेटौंडा : नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टीर्ला अब टर्च बालेर खोज्नुपर्ने अवस्था आएको बताएका छन्। 

हेटौंडाको भइरहेको एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी पार्टी सुदुरपश्चिममा १ नम्बर पार्टी भएको बताए। नेपालले २ नम्बर प्रदेशमा पनि १ नम्बरको पार्टीका रुपमा स्थापित भएको भन्दै कर्णाली प्रदेशमा पनि केपी ओलीलाई धुलो चटाइसकेको र वागमती प्रदेश र १ नम्बर प्रदेशमा पनि ओलीले धुलो चाट्नुपर्ने अवस्था आउने बताए। नेता नेपालले सबैभन्दा कमजोर ठानेका गण्डकी प्रदेशमा पनि सबै जनता जागिरहेको भन्दै ओलीको पत्तासाफ हुने बताए। 

‘उहाँलाई लाग्यो केपी ओलीलाई चुनौती दिने कोही छैन। तर , हामीले चुनौती दियौं। केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन्,' नेता नेपालले भने, 'उहाँको काम नै गाली गर्ने, त्यसैमा रमाउने हो। उहाँले के ठान्नुभयो भने निष्कासन गरेपछि हामी थरथर कामौला, आँखाबाट आँसु झारौला। ओलीको चाकडी गरौंला। के हामी त्यही किसिमको मान्छै हौं? हामी बिद्रोही हौं। सही र गलतलाई छुट्याउने योद्धाहरु हौं।'  

उनले एकीकृत समाजवादीका विरोधीहरुले समाजवादीले जबज नमानेको भन्दै गलत प्रचार गरेको भन्दै भ्रममा नपर्न आग्रह गरे। उनले एकीकृत समाजवादीले सबै विचार बोकेको भन्दै माक्सवाद – लेनिनवाद मार्गदर्शक सिद्धान्तलाई आत्मसात गरेको बताए। उनले देशभर एकीकृत समाजवादीको लहर आइरहेको दाबी गरे। उनले देशभर समाजवादीको संगठन निर्माणको कामहरु भइरहेको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell