इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग पराजित भएको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेड एस्टोन भिल्लासँग १-० ले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको अन्तिम समयमा एस्टोन भिल्लाले खेलमा अग्रता बनाएको थियो। भिल्लाका लागि कोर्टने हउसले ८८ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए। यद्यपि युनाइटेडले त्यसपछि खेलमा फर्कने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसमा ब्रुनो फर्नान्डेज चुकेपछि जारी सिजन युनाइटेडले पहिलो हार ब्यहोरेको हो।
हारका बावजुत १३ अंक जोडेको युनाइटेड शीर्ष ४ मा कायम छ। प्रिमियर लिगमा शीर्ष चारमा रहेका लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेडको समान १३ अंक छ।
