PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

चेल्सी म्यानचेस्टर सिटीसँग पराजित



पहिलोपोस्ट

चेल्सी म्यानचेस्टर सिटीसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी सिटीसँग १-० गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीको जित सुनिश्चित गर्न गाब्रियल जिससले निर्णायक गोल गरे। उनले खेलको ५३ औं मिनेमा क्यान्सेलोको पासमा गोल गरेका थिए।

त्यस्तै आजै सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग पराजित भएको थियो।

यो सँगै समान १३ अंक जोडेका लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेड अंकतालिकाको शीर्ष चारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell