PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

कांग्रेस महाधिवेशन : भिरकोट नगरपालिकामा यामप्रसाद अधिकारी एक मतले विजयी



रिना थापा

कांग्रेस महाधिवेशन : भिरकोट नगरपालिकामा यामप्रसाद अधिकारी एक मतले विजयी
फोटो : फेसबुक

स्याङ्जा : भनिन्छ फुटबलमा एक सेकेन्ड र चुनावमा एक मतले बाजी पल्टिन सक्छ। त्यो एक अंकको महत्व मैदानमा उत्रिएकालाई मात्र थाहा हुन्छ। चुनावमा मात्र एक मतले पनि हार/जितको फैसला गर्न भुमिका खेल्छ।

त्यो एक अंकको महत्व स्याङ्जाका यामप्रसाद अधिकारी र दीपेन्द्र केसीले आज महसुस गरेका छन्। कांग्रेसको जारी १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिकामा यामप्रसाद अधिकारी (लक्ष्मण)ले आफ्नो प्रतिस्पर्धी दीपेन्द्र केसीलाई मात्र एक मतले पछाडि पार्दै सभापति पदमा विजय हासिल गरेका छन्।

शनिवार भएको अधिवेशनमा अधिकारीले १ सय मत ल्याउँदै सभापतिमा चयन भएका हुन् भने केसीले एक मतले पछि पर्दै ९९ मत ल्याए। अधिकारी वडा नम्बर ५ भिरकोट नगरपालिकाका वडाध्यक्ष समेत हुन्। त्यस्तै, केसी वडा नम्बर १ का वडाध्यक्ष हुन्।

त्यस्तै, सो पालिकामा उपसभापतिमा जगदिश प्रसाद कोइराला र विष्णुमाया काफ्ले, सचिवमा तारा प्रसाद अर्याल र नन्दलाल खनाल, सह-सचिवमा प्रसुन मगर र शुशिल खाँण चयन भएका छन्।

जिल्लामा रहेको पाँच नगरपालिकामध्ये गल्याङमा श्याम प्रसाद बास्तोला सभापतिमा चयन भएका छन्। आफ्नो प्रतिस्पर्धी हरिलाल खनाललाई पछि पार्दै १ सय ८२ मत ल्याएर सभापतिमा चयन भएका हुन्। खनालको ६७ मत आएको छ।

यस्तै, पुतलीबजारमा सुरज कुमार अधिकारी निर्वाचित भएका छन्। यता, चापकोट नगरपालिकामा सर्वसम्मत रुपमा सभापति पदमा विक्रम सारु चयन भएका छन्। सचिव पदमा भने चार उम्मेद्वार रहेकोले भोलि मतदान हुने निर्वाचन अधिकृत आरसी बरालले जानकारी दिए।

यस्तै, फेदिखोला गाउँपालिकाको सभापतिमा महेन्द्र थापा र आँधिखोला गाउँपालिकामा नरेन्द्र पौडेल सर्वसम्मत चयन भएका छन्। यता हरिनास गाउँपालिकामा टोपबहादुर भुजेल सभापतिमा चयन भएका छन् भने बिरुवा गाउँपालिकामा डोलराज पोखरेल सभापतिमा चयन भएका छन्।

वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा भने सर्वसम्मत रुपमा समिति पदाधिकारी चयन गर्ने कोसिस भइरहेको छ। निर्वाचन अधिकृत बरालका अनुसार भोलि बिहान १० बजेसम्म सर्वसम्मत रुपमा पदाधिकारी चयन नभए निर्वाचन गराइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell