हेटौंडा : नेपाली कांग्रेस हेटौंडामा उत्सव इटेनीको प्यानलले क्लिन स्वीप गरी जित हासिल गरेको छ।
शनिबार सम्पन्न हेटौंडा उपमहानगरको अधिवेशनले हेटौंडा नगर सभापतिमा इटेनी र अन्य पदका इटेनी प्यानलकै उम्मेदवार विजयी भएका हुन्। उनले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई भारी मतले पराजित गरी विजयी बनेका हुन्। नगर सभापति उत्सव इटेनीले २८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १३२ मत प्राप्त गरे।
उपसभापतिमा इटेनी प्यानलबाट उम्मेदवार रहेका डोल्मा स्याङ्बोले २५७ र रामकृष्ण कोइरालाले ३०० मत प्राप्त गरी विजयी बने। अर्का ज्योती कोइराला १२६ शेशन गोलेले ९३ मत प्राप्त गरे।
त्यसैगरी सचिवमा कुमार पोखरेलले १६३ गंगाप्रसाद पौडेलले ११० मत, सविन न्यौपानेले २९७ मत र हर्करत्न लामाले २२२ मत प्राप्त गरेका छन्। २९७ मत र २२२ मत प्राप्त गरी न्यौपाने र लामा सचिव पदमा निर्वाचित भएका हुन्। निर्वाचित दुवै इटेनी प्यानलका हुन्।
त्यसैगरी सहसचिवमा अञ्जनी पराजुलीले १५७ मत, निगम श्रेष्ठले २५८ मत विकास बानियाँले २६५ मत र राजकुमार जोशीले ८४ मत प्राप्त गरेका छन्। इटेनी प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठ र बानियाँ सहसचिव पदमा निर्वाचित भएका हुन्। ४२३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने नगर अधिवेशनमा ४२१ मत मात्र खसेको थियो।