PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ईपीएलमा आज दुई खेल, पहिलो खेलमा विराटनगरलाई चितवनको चुनौती



पहिलोपोस्ट

ईपीएलमा आज दुई खेल, पहिलो खेलमा विराटनगरलाई चितवनको चुनौती

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुईवटा खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स साडे ९ बजे आमनेसामने हुनेछन्।

करण केसीको कप्तानीमा रहेको विराटनगरमा जिम्बावेका सिकन्दर राजा, क्यानडाका रेयान पठान, वेस्ट इन्डिजका चन्दरपउल हेमराज, श्रीलंकाका दिल्सन मुनावेरा लगायतका विदेशी खेलाडी छन्। त्यस्तै राष्ट्रिय टोलीमा राम्रो प्रदर्शन गर्दै आएका आशिफ शेख पनि महत्वपूर्ण बन्न सक्छन्। त्यस्तै सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्समा अफगानिस्तानका मोहम्मद सहजाद, करिम जनत, श्रीलंकाका सिकुगे प्रसन्ना, मलेसियाका विरनदीप सिंह लगायतका विदेशी खेलाडी छन्।

त्यस्तै आजै हुने दोस्रो खेलमा साडे १ बजे भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज आमनेसामने हुनेछन्। शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवामा बंगलादेशका तमिम इक्वाल खान, श्रीलंकाका उपुल थरंगा, धमिका प्रसाद, मलेसियाका सर्भिन मुनिएण्डीलगायतका खेलाडी रहनेछन्। त्यस्तै राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, अभिनास बोहोरा लगायतको उपस्थितिले टिमलाई थप सन्तुलित बनाउने छ।

त्यस्तै बिनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोजमा श्रीलंकाका साहन अराचचिगे, असेला गुणरत्ने, साउथ अफ्रिकाका रिचर्ड लेवी, वेस्ट इन्डिजका केस्रिक विलियम्स लगायतका विदेशी खेलाडी छन्। त्यस्तै राष्ट्रिय स्तरका प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका सुनिल धमला, रित गौतम, लोकेश बम, विवेक कुमार यादवलगायतका खेलाडी रहने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell