PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

नेपाली फुटबल टोलीले आज ओमनसँग खेल्दै



पहिलोपोस्ट

नेपाली फुटबल टोलीले आज ओमनसँग खेल्दै
फाइल फोटो

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमनसँग मैत्रीपूर्ण खेल खेल्दैछ। साफ च्याम्पियनसिपको तयारीमा कतार पुगेको नेपाली टोलीले आज बेलुकी ९:४५ बजे दोहास्थित कतार युनिभर्सिटी मैदानमा ओमनसँग प्रतिस्पर्धा गर्नेछ। ओमन विश्वकप क्वालिफायर्सको तयारीमा छ।

फिफा वरीयतामा ओमन ७८ औं स्थानमा छ भने नेपाल १६८ औं स्थानमा छ। साफ च्याम्पियनसिपकै तयारीका लागि नेपालले यसअघि भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो।

साफ च्याम्पियनसिप अक्टोबर १ बाट माल्दिभ्समा सुरु हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell