PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

चार वर्षपछि ३३ किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतबाट टुङ्गो लाग्दै



पहिलोपोस्ट

चार वर्षपछि ३३ किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतबाट टुङ्गो लाग्दै

काठमाडौं : त्रिभुवन विमानस्थलबाट बाहिरिएर अझैसम्म पत्ता लाग्न नसकेको ३३ किलो प्रकरणपछि बाहिरिएको सुन प्रकरणको अन्तिम बहस चलिरहेको छ।

जिल्ला अदालत विराटनगरमा झन्डै चार वर्षअघि दर्ता भएको मुद्दाको अन्तिम किनारा दिन बहस सुरु भएको हो। बिहीबारदेखि बहस सुरु भएको हो। आइतबार र सोमबार सरकारी वकिलले बहस गरेपछि मंगलबारबाट प्रतिवादीका निजी वकिलले बहस गर्ने कार्यतालिका रहेको छ।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बिच बाटोबाट नै एकाएक गायब भएको थियो। यही विषयमा सुन तस्करीबिच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका एकाएक घटनाका प्लटहरू बाहिरिएका थिए।

२०७५ वैशाख १९ गते सात जना प्रहरी सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको थियो। त्यसबाहेक अन्य लाई लगाऊ मुद्दा लगाइएको थियो।

'इजलासले केही नयाँ कागजपत्र झिकाउनु पर्ने देखिएन भने यो बहस नै अन्तिम हुने देखिन्छ,'जिल्ला अदालत मोरङका श्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले भने।

मुद्दा दर्ता हुँदा खेरी सात प्रहरी सहित २९ जनालाई पक्राउ गरिएको थियो। त्यसपछि यस घटनामा जोडिएका अन्य मानिसहरू पक्राउ पर्ने क्रम जारी नै रह्यो। अहिले पनि यस घटनामा जोडिएका मानिस अझै फरार रहेका छन्।

यही घटनामा प्रहरीको समेत संलग्नता देखिएको भन्दै एसएसपीसम्म लाई कारबाही गरिएको थियो। तर अझैसम्म ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लग्न सकेको छैन। सुन प्रकरणका मुख्य अभियुक्त चुडमाणि उप्रेती 'गोरे'लाई २०७५ जेठमा पक्राउ पछि सार्वजनिक गरिएको थियो। उनी अदालतको आदेशमा केन्द्रीय कारागार सुन्धारामा छन्।

यही घटनामा प्रहरीदेखि व्यापारीसम्म मुछिएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell