PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सिकन्दर राजाको अर्धशतकको सहायतामा चितवनलाई विराटनगरको १ सय ५२ रनको लक्ष्य



पहिलोपोस्ट

सिकन्दर राजाको अर्धशतकको सहायतामा चितवनलाई विराटनगरको १ सय ५२ रनको लक्ष्य
फोटो : ईपीएल

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज जारी पहिलो खेलमा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरको सुरुवात राम्रो हुन सकेन। आशिफ शेखलाई शुन्य रनमा र चन्द्रपउल हेमराजलाई २ रनमा गुमाएको विराटनगर सुरुमै दवाबमा आएको थियो। यद्यपि अनिल शाह र सिकन्दर राजाले विराटनगरको पारी सम्हाले। सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा २ चौका र ७ छक्काको सहायतामा ६७ रन बनाए। त्यस्तै अनिल शाहले ३२ रन बनाउँदा सौरभ खनाल ३० रनमा अविजित रहे।

बलिङतर्फ सोमपाल कामी, कमलसिंह ऐरी, करिम जनत र सागर ढकालले समान २/२ विकेट लिँदा सहाब आलमले समान १ विकेट लिए।

चितवन केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell