PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

अध्यादेश र मन्त्री छान्नेबारे छलफल गर्न बालुवाटारमा भेला भए गठबन्धनका नेता



पहिलोपोस्ट

अध्यादेश र मन्त्री छान्नेबारे छलफल गर्न बालुवाटारमा भेला भए गठबन्धनका नेता
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनका नेताहरू सरकारमा सहभागी हुने मन्त्री र राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा छलफलमा जुटेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले शीर्ष नेताहरूको बैठक बसिरहेको जानकारी दिए।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सरकार बिस्तार र अध्यादेशका बारेमा लामो समयदेखि छलफल गर्दै आएका छन्।

अध्यादेशलाई के गर्ने भन्नेबारेमा गठबन्धन भित्र एक मत छैन। अध्यादेशलाई लिएर मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन भने गठबन्धन भित्र मतभेद समेत उत्पन्न भएको छ।

नेकपा एकीकृत समाजवादीले अध्यादेशबारे अदालतमा परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश नदिएकाले अब सरकार बिस्तार हुनुपर्ने मत राखिरहेको छ। तर, जनता समाजवादीले अध्यादेशलाई निष्क्रिय नबनाई सरकार बिस्तार भएमा आफ्नो पार्टी फुट्ने भन्दै सरकार बिस्तारमा ढिलाइ गरिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell