PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

शीर्ष नेतालाई सरकार विस्तारको अधिकार, कहिले पाउला सरकारले पूर्णता?



पहिलोपोस्ट

शीर्ष नेतालाई सरकार विस्तारको अधिकार, कहिले पाउला सरकारले पूर्णता?
फाइल फोटो

काठमाडौं : सरकार बिस्तार र राजनीतिक दल सम्बन्धि अध्यादेशबारे निर्णय गर्ने अधिकार सत्ता गठबन्धनले शीर्ष नेतालाई दिएको छ। आइतवार बालुवाटारमा बसेको गठबन्धनको बैठकले शीर्ष नेतालाई अधिकार दिएको बैठकमा सहभागि जनता समाजवादी पार्टी जसपाका नेता महेन्द्र राय यादवले जानकारी दिए।

'सरकारबिस्तार, अध्यादेशबारे निर्णय गर्ने अधिकार शीर्ष नेतालाई दिने कुरा भएको छ,'यादवले भने। उनले चाडै सरकारले पूर्णता पाउने बताए। भोली या पर्सी प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपवरिषदलाई पूर्णता दिने यादवको भनाई छ।

'भोली या पर्सि परिणाम आउन थाल्छ। अहिले त अरु विषय नै छैन्। सरकार बिस्तार र अध्यादेशकै बारेमा गठबन्धनमा छलफल भएको हो,' उनले भने।

देउवा सहित बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका नेता यादव बैठकमा सहभागि थिए। बैठकमा नेताहरुले देउवालाई अध्यादेशबारे चाडो निर्णय गर्न आग्रह गरेका थिए।

गठबन्धनका नेताहरुले पछिल्ला दिन दैनिक सरकार बिस्तार र अध्यादेशका बारेमा छलफल गर्दै आएका छन्। निरन्तर छलफल भए पनि सरकार बिस्तार र अध्यादेशबारे टुंगो लाग्न सकेको छैन।

अध्यादेशलाई के गर्ने भन्नेबारेमा गठबन्धन भित्र एक मत छैन। नेकपा एकीकृत समाजवादीले अध्यादेशबारे अदालतमा परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश नदिएकाले अब सरकार बिस्तार हुनुपर्ने मत राखिरहेको छ। तर, जनता समाजवादीले अध्यादेशलाई निस्क्रिय नबनाइ सरकार बिस्तार भएमा आफ्नो पार्टी फुट्ने भन्दै सरकार बिस्तारमा ढिलाइ गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell