PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

बैठक चलिरहेकै बेला एकाएक बाहिरिए भीम रावल



पहिलोपोस्ट

बैठक चलिरहेकै बेला एकाएक बाहिरिए भीम रावल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चलिरहेको बैठक छोडेर निस्किएका छन्। ललितपुरको च्यासलमा शुक्रवारदेखि जारी केन्द्रीय कमिटीको आइतवारको बैठकको बिचमै रावल बाहिरिएका हुन्।

शुक्रवार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव प्रस्तुत भएको थियो। एमलेमा सहमतिका लागि भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका नेता रावलले शनिवार भने बैठक स्थल नै छाडेका हुन्।

शनिवार तीन वटा प्रस्तावमाथि समूहगत छलफल भएको थियो भने रिपोर्टिङका लागि टोली नेता छानिएका थिए। टोली नेतामा पनि ओलीले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेतालाई वाइपास गरेपछि एमालेमा फेरि पुरानै विवाद बल्झिएको हो।

रावल निकट नेताहरुले शुक्रवार नै सहमति कार्यान्वयन नभएको भन्दै ओली माथि प्रश्न उठाएका थिए। आइतवार जवाफ फर्काउने क्रममा ओलीले विवादमा अल्झन नहुने र असोज १५-१७ सम्म हुने विधान महाधिवेशनमा केन्द्रित हुने नेताहरुलाई निर्देशन दिएका हुन्। शुक्रवार नै पनि ओलीले असन्तुष्ट नेताहरुको प्रश्न बैठकको ऐजेण्डा बन्न नसक्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell