PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

चीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नसीपको व्यवस्था गर्ने संसदीय समितिको निर्देशन



पहिलोपोस्ट

चीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नसीपको व्यवस्था गर्ने संसदीय समितिको निर्देशन

काठमाडौं : कोभिड-१९ को संक्रमणका कारण अध्ययनका लागि चीन जान नपाएका विद्यार्थीलाई चीन पठाउन कुटनीतिक पहल गर्न प्रतिनिधिसभाको संसदीय समितिले निर्देशन दिएको छ। 

प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले चीन र जापानमा अध्ययनरत र अध्ययन गर्न जाने प्रक्रियामा रहेका विद्यार्थीहरुको समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयलाई निर्देशन दिएकी हुन्। 
 
'चीनमा अध्ययन गर्न  गएका विद्यार्थीहरु कोभिड -१९ का कारणले नेपाल आइ अनलाइन कक्षा  पढिरहेको अवस्थामा नेपाल सरकारले चीन  सरकारसँग कुटनितिक पहल गरी चीनमा पठाउन व्यवस्था गर्ने,' निर्देशनमा भनिएको छ, 'यदि तत्काल पठाउन नसक्ने हो भने मेडिकल र इन्जिनियरिङ विषयमा पढ्ने विद्यार्थीहरुलाई प्रयोगात्मक परीक्षा गर्न समस्या भएकोले विद्यार्थीहरुको लागि समाधान उपाय खोजी गर्नुपर्ने।'

त्यस्तै, समितिले चीनमा एमबीबीएस अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसीप गर्न स्वीकृत प्रदान गर्न निर्देशन समेत दिएको छ। नेपाल मेडिकल काउन्सिलले २०१४ औं व्याजका चीनमा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई नेपालमै इन्टर्नसीप गर्न स्वीकृति दिएको छ। तर,  २०१५ र २०१६ को व्याजका चीनमा अध्यन  पूरा गरेका विद्यार्थीहरुलाई यो सुविधा छैन। त्यस्तै २०१५ र १६ मा पढाई पूरा गरेका विद्यार्थीलाई पनि इन्टर्नसीपको व्यवस्था गर्न समितिले निर्देशन दिएको हो। 

नेपाल सरकारले जापानमा अध्ययन गर्नका लागि एनओसी दिएको र जापन सरकारले पनि सीओई र भिसा दिएको अवस्थामा भिसा पाएका विद्यार्थी पठाउन कुटनीतिक पहल गर्नसमेत समितिले निर्देशन दिएको छ। 

यता, समितिको बैठकले नेपाल सरकार र मणिपाल कलेजबिच भएको सम्झौता शिक्षा तथा स्वास्थ्य समितिमा  उपलब्ध गराउन निर्देशन समेत दिएको छ। साथै मणिपाल कलेज बिक्री भएको भन्ने समाचारहरु आएकोले सो विषयमा सत्यतथ्य बुझी समितिलाई जानकारी गराउनसमेत शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell