PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

२४ घण्टामा ८३४ नयाँ संक्रमित पहिचान, १ लाख २ हजारलाई खोप



पहिलोपोस्ट

२४ घण्टामा ८३४ नयाँ संक्रमित पहिचान, १ लाख २ हजारलाई खोप

काठमाडौं : नेपालमा थप ८ सय ३४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको ८ हजार ५ सय ८९ आरटी - पीसीआर परीक्षणका क्रममा ७ सय ३० जना संक्रमित पहिचान भएका छन् भने ५ हजार १४७ को एन्टिजेन परीक्षणका क्रममा १ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा संक्रमितको संख्या ८ लाख ८१ हजार ९ सय ३९ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २ सय ७९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६१ हजार १ सय ५४ पुगेको छ। जुन कूल संक्रमितको ९६.१८ प्रतिशत हो। 

पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। यससँगै मृत्यु हुने संक्रमितको संख्या ११ हजार ९६ पुगेको छ। जुन कूल संक्रमितको १.४ प्रतिशत हो।  हाल नेपालमा १९ हजार १ सय ४२ जना सक्रमित संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

२४ घण्टामा एक लाख बढी खोप
पछिल्लो २४ घण्टामा एक लाख दुई हजार ३ सय १ जनालाई खोप प्रदान गरिएको छ। 

आइतवार दिउँसो २ बजेसम्मको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६ सय २६ जनालाई अस्ट्राजेनेकाको पहिलो डोज र ४ जनालाई दोस्रो डोज दिइएको छ। त्यस्तै, ८० हजार २ सय १५ जनालाई भेरोसेलको पहिलो डोज तथा २१ हजार ४ सय ५६ जनालाई दोस्रो डोज उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। यससँगै खोपको पूर्ण मात्र लगाउनेको संख्या ६० लाख ३६ हजार ४०१ पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell