PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

आर्सनलको टोटेनहममाथि सहज जित



पहिलोपोस्ट

आर्सनलको टोटेनहममाथि सहज जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले टोटेनहममाथि सहज जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले ३-१ गोलअन्तरको सहज जित निकालेको हो।

खेलको १२ औं मिनेटमै बुकायो साकाको पासा इमिल स्मिथले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। त्यस्तै २७ औं मिनेटमा पिअरे एम्रिक औबुमेयाङले गोल गर्दा बुकायो साकाले ३४ औं मिनेटमा गोल गरे। पहिलो हाफमा आर्सनल तीन गोलले अघि रह्यो। दोस्रो हाफमा टोटेनहमका लागि सन ह्युङ मिनले सान्त्वना गोल फर्काए। उनले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए। र, लिगमा खराब सुरुवात गरेको आर्सनलले ३-१ को जित निकाल्दै जितको शृङखला लम्भाउने ध्येयमा देखिन्छ।

गएराति नै सम्पन्न अर्को खेलमा वुल्भ्सले साउथह्याम्पटनमाथि १-० को जित निकालेको थियो। योसँगै ६ खेलबाट ९ अंक जोडेको आर्सनल अंकतालिकाको १० औं स्थानमा छ भने समान ९ अंक जोडेको टोटेनहम ११ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell