PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ईपीएलमा आज दुई खेल: पहिलो खेलमा विराटनगरलाई काठमाडौंको चुनौती



पहिलोपोस्ट

ईपीएलमा आज दुई खेल: पहिलो खेलमा विराटनगरलाई काठमाडौंको चुनौती
फाइल फोटो

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ आमनेसामने हुनेछन्।

उद्घाटन खेलमा ललितपुर प्याट्रियओट्समाथि जित निकाल्दै प्रतियोगिता सुखद सुरुवात गरेको काठमाडौं जितलाई निरन्तरता दिन चाहन्छ। त्यस्तै आफ्नो पहिलो खेलमा चितवनसँग पराजय ब्यहोरेको विराटनगर प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा हुनेछ। खेल साढे ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्स आमनेसामने हुनेछन्। पहिलो खेलमा वर्षाको कारण खेल अवरुद्ध हुँदा पोखरासँग अंक बाँडेको भैरहवा आजको खेलमा पहिलो जित निकाल्न चाहन्छ। त्यस्तै चितवनले यसअघिको खेलमा विराटनगरमाथि २ विकेटको जित निकालेको थियो। खेल साढे १ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell