PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख भन्दा कम



पहिलोपोस्ट

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख भन्दा कम
Photo : Getty Images via BBC

भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ४१ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। यस्तै, २९ हजार ६२१ जना संक्रमण मुक्त भएका छन्।

संक्रमितको संख्या घटेसँगै भारतमा महिनौंपछि सक्रिय कोरोना संक्रमितको संख्या ३ लाखभन्दा तल पुगेको छ। हाल भारतभर २ लाख ९९ हजार ६२० जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

यस्तै,संक्रमणका कारण थप २७६ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ४ लाख ४७ हजार १९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३८ लाख १८ हजार ३६२ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। भारतमा ८६ करोड १ लाख ५९ हजार ११ जनाले हालसम्म खोप लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell