PahiloPost

May 14, 2024 | १ जेठ २०८१

डेढ घन्टा 'डोमेस्टिक' उडान रोकेर बुद्धको विमान ल्यान्ड, एकै दिन दुई विमानमा समस्या



पहिलोपोस्ट

डेढ घन्टा 'डोमेस्टिक' उडान रोकेर बुद्धको विमान ल्यान्ड, एकै दिन दुई विमानमा समस्या
बुद्ध एयरको फाइल फोटो।

काठमाडौं : काठमाडौंबाट पोखरा र विराटनगर गन्तव्य बनाएका बुद्ध एयरका दुई उडानमा समस्या आएको छ। एउटा उडान ककपिटमा धुँवा आएपछि रोकियो भने अर्को उडान दुईघन्टा आकाशमा होल्ड भएर फेरि काठमाडौं विमानस्थलमै ल्यान्डिङ गर्नुपर्‍यो।

उडिसकेको विमानमा प्राविधिक समस्या बेहोरे पनि बुद्ध एयरले सकुसल रुपमा ल्यान्डिङ गरेको थियो।

बिहान काठमाडौंबाट पोखरा जान लागेको उडानको इन्डिकेटरमा समस्या आएपछि  त्यो जहाज 'ग्राउन्डेड' गरेर अर्को प्रयोग गरिएको थियो। 'उडान गर्ने समयमा ककपिटमा धुवाँ आएको संकेत आएलगत्तै पाइलटले जानकारी दिएका थिए। यात्रु उतारेर अर्को जहाजमार्फत पोखरा पुर्‍याइएको थियो,' विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भने।

बिहान काठमाडौं-विराटनगर उडान गरेको बुद्धको ७०१ संख्याको उडान विराटनगरमा अवतरण हुन सकेन। पुनः काठमाडौं नै ल्याएर त्यसलाई अवतरण गराइएको हो। 

जहाजको ल्यान्डिङ गियरमा समस्या आएपछि विराटनगरमा ल्यान्ड हुन नसकेको हो। अहिले यो जहाज नर्मल ल्यान्ड भइसकेको विमानस्थलले जनाएको छ।

विराटनगर उडान गरेको जहाजमा त्यहाँ पुगेपछि ल्याण्डिङ गियर डाउन भएको थिएन।  'जहाजको ल्याण्डिङ गियर नझरेका कारण यहाँ फर्काइएको हो। यता ल्याउँदा कन्फर्मेसन गराउनुपर्‍यो। यस्तो केसमा ओभरफ्लाइ गराइन्छ। आकाशमा दुई/चार एंगलबाट उडान गरेर ल्याण्डिङ गियर झरेको कन्फर्म भएपछि मात्र अवतरण गराइन्छ। विमान नर्मल ल्याण्डिङ भइसकेको छ,' विमानस्थलका प्रवक्ता शेर्पाले भने।

कम्पनीको जहाज अवतरणका लागि विमानस्थलमा बिहान करिब डेढ घन्टादेखि आन्तरिक तर्फको नियमित उडान बन्द गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell