PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

काठमाडौं प्रहरीको दशैं सुरक्षा रणनीति : नाकामा कुकुरदेखि सादा पोसाकमा प्रहरी परिचालन, घर खाली छोड्दा प्रहरीलाई खबर गर्न सुझाव



पहिलोपोस्ट

काठमाडौं प्रहरीको दशैं सुरक्षा रणनीति : नाकामा कुकुरदेखि सादा पोसाकमा प्रहरी परिचालन, घर खाली छोड्दा प्रहरीलाई खबर गर्न सुझाव

काठमाडौं : चार्डपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न प्रहरीले यतिखेर विशेष सुरक्षा योजना अनुसार काम थालेको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरेर प्रहरीले तीन तहको सुरक्षा योजना बनाएको छ। 

चार्डपर्वलाई लक्षित गर्दै राजधानीमा दैनिक करिब ३३ सय बर्दी र सादा पोशाकमा प्रहरी खटाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए। अशोज २ गते देखि काठमाडौंमा सुरक्षा योजना लागु भएको एसपी बस्नेतले जानकारी दिए।

दशैंमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सीआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) प्रहरी परिचालन गर्ने छ। ११ स्थानमा प्रहरी सहायता कक्षसमेत खडा गरिएको छ। चोरी, जुवातास, गुन्डागर्दी, पाकेटमारी नियन्त्रण गर्न राजधानी भित्रिने र बाहिरिने नाका, अर्थिक कारोबार हुने स्थान, ठूला पसल, गहना पसल, दशैं बजार लगायत स्थानमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने छ।

'आर्थिक कारोबार हुने तथा मानिसको भिडभाड हुने ठाउँलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा योजना बनाइएको छ,' एसपी बस्नेतले भने।

त्यस्तै, काठमाडौंभित्र छिर्ने नाकामा नेपाल प्रहरीको तालिम प्राप्त कुकुर समेत खटाइने भएको छ। कुकुरले लागु औषध, विस्फोटक पदार्थ लगाएको बारेमा पत्ता लगाउने गरेको छ। त्यस्तै, प्रहरीले दशैंमा घर छोडेर जाँदा नजिकैको छरछिमेकी वा प्रहरीलाई खबर गर्न समेत अनुरोध गरेको छ।

चार्डपर्वमा नक्कली नोटको कारोबारी गर्नेहरु सक्रिय हुने हुँदा सतर्कता उपनाउन प्रहरीको आग्रह छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell