PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

काठमाडौंमा एकै दिन दुई जना मृत अवस्थामा भेटिए



पहिलोपोस्ट

काठमाडौंमा एकै दिन दुई जना मृत अवस्थामा भेटिए

काठमाडौं : आइतवार दिउँसो काठमाडौंका फरक दुई ठाउँमा गरी दुई जना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका-१६ माछापोखरी बसन्तनगरस्थित गेष्ट हाउसको कोठामा एक जना मृत फेला परे। नुवाकोट बिदुर नगरपालिका-१० घर भएका ५५ वर्षीया संतुमाया डंगोल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

यसैगरी काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित कोठामा ललितपुर महाकाल गाउँपालिका-४ स्थित गुम्बामा पढ्न बसेका मकवानपुर राक्सिराङ गाउँपालिका-३ घर भएका १६ वर्षीय पेलसाङ लामा मृत अवस्थामा फेला परेका थिए। दुईवटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell