काठमाडौं : जर्मनीको आम निर्वाचनमा त्यहाँको मध्ये वामपन्थी समाजवादी प्रजातान्त्रिक पार्टी (एसडीपी)ले चान्सलर एनेजेला मर्केलको सत्तारुढ दललाई पराजित गर्दै जित हात पारेको छ।
निर्वाचन परिणाम अनुसार विपक्षी वामपन्थी पार्टी एसडीपीले २५.७ प्रतिशत मत हात पार्दा सत्तारुढ दल सीडीयु/सीएसयुले २४.१ प्रतिशत मत प्राप्त गरेको हो। त्यस्तै त्यहाँको ग्रिन पार्टीले इतिहासमै सबैभन्दा धेरै मत १४.८ प्रतिशत हात पार्दै तेस्रो भएको छ।
अब सत्ता सञ्चालनका लागि गठबन्धन निर्माण गर्न आवश्यक छ। एसडीपीका नेता ओलाफ स्कोलाथजले आफ्नो पार्टीले सत्ता सञ्चालनका लागि स्पष्ट म्यान्डेट प्राप्त गरेको बताएका थिए। यद्यपि, उनका लागि नयाँ सरकार बनाउन कठिन हुने बीबीसीले जनाएको छ। नयाँ गठबन्धन नबन्दा सम्म मर्केलले नै सत्ता चलाउने र यो क्रिसमससम्म रहनसक्ने समाचारमा उल्लेख छ।
अबको गठबन्धनले युरोपको ठूलो अर्थतन्त्रलाई चार वर्षका लागि शासन गर्ने छ। यो दलले मतदाताबाट जलवायु परिवर्तनको मुद्दाले विजयी हात पारेको हो।
२६ सेप्टम्बरमा भएको त्यहाँको संसद बुन्डेस्ट्यागका लागि निर्वाचन भएको थियो। निर्वाचनमा मर्केलले निर्वाचनमा सहभागी जनाएकी थिइनन्। त्यहाँको इतिहासमा सत्तामा रहेका कुनै चान्सलरले पुन: निर्वाचनका लागि सहभागिता नजनाएको पहिलो घटना हो।
२०१७ मा भएको निर्वाचनमा त्यहाँको मध्य दक्षिणपन्थी पार्टीहरु क्रिस्टियन डेमोक्राटले विजयी हात पारेको थियो। अनौपचारिक रुपमा युनियन पार्टीको रुपमा चिनिने क्रिस्टियन डेमोक्र्याट युनियन अफ जर्मनी (सीडीयू) र क्रिस्टियन सोसल युनियन इन बाभारिया (सीएसयू) बिचको गठबन्धन हो।
२०१७ को निर्वाचनपछि सीडीयू/सीएसयू र एसपीडीको गठबन्धनबाट मर्केल चान्सलर बनेकी थिइन्। पछिल्लो चार वर्ष सत्ता सञ्चालन गर्दा सन्तोषजनक उपलब्धी नरहेको भन्दै त्यहाँ असन्तुष्टि बढ्दै गएको थियो।
मर्केल नेतृत्वमा भएको सत्ता सञ्चालनमा २०१८ मा राजनीतिक संकट गहिरिएको थियो। त्यसको फाइदा गठबन्धन भित्रको अर्को दलले प्राप्त गरेको हो।
७३५ सदस्यीय संसदका लागि भएको निर्वाचनका क्रममा एसपीडीले गत निर्वाचन भन्दा ५३ सिट बढी जित हात पारेको छ। २०१७ को निर्वाचनमा १५२ सित हात पारेको यो पार्टीले आइतवार सम्पन्न निर्वाचनमा २०६ सिट हात पारेको छ।
त्यस्तै, दोस्रो भएको क्रिस्टियन डेमोक्र्याटले १५१ र क्रिस्टियन सोसल युनियनले ४५ सिट सहित यो गठबन्धनले १९६ सिट हात पारेको छ।
त्यस्तै ग्रिन पार्टीले ११८ फ्रि डेमोक्र्याटिक पार्टी (एफडीपी)ले ९२ सिट हात पारेको छ।
यस्तो हुने छ सम्भावित गठबन्धन
अब जर्मनको चार वर्षे सत्ता सञ्चानका लागि गठबन्धन निर्माणको चरणमा छ। पहिलो पटक जर्मनले तीनथरी गठबन्धनको समाना गर्दै छ। तर, यो देश अब नयाँ राजनीतिक युगमा प्रवेश गर्ने बीबीसीले जनाएको छ।
निर्वाचनमा सहभागी भएका चार दल भन्दा अन्य पार्टीहरु बाहेकका पार्टीले झिनो सिटमात्र हात पारेका छन्। त्यहाँको वामपन्थी दल दी लिंकले ४.९ प्रतिशतमात्र मत प्राप्त गरेको छ। जुन गत आम निर्वाचन भन्दा ३० सिट कम हो। यो पार्टीले ३९ सिट हात पारेको छ। त्यस्तै, अर्टरनेटिभ फर जर्मनीले ८३ सिट हात पार्दा साथ सेल्सविन भोटरस् असोसियसनले १ सिट हात पारेको छ।
अब बन्ने पहिलो सम्भावित गठबन्धन ‘ट्राफिक लाइट’ हुने देखिन्छ। पार्टीको आधिकारिक रंग अनुसार ट्राफिक लाइटको नेतृत्व एसपीडीले गर्ने छ। एसपीडीको रंग रातो हो। त्यस्तै यो गठबन्धनमा पहेलो एफडीपी र हरियो ग्रिन पार्टी सामेल हुने छ।
अर्को गठबन्धन जमाइका यो जमाइकाको देशको झण्डामा रहेका रंगको आधारमा सीडीयू/सीएसयू (कालो), एफडीपी (पहेलो) र ग्रिन (हरियो) हुन सक्नेछन्। त्यस्तै, अको सम्भावित गठबन्धन केन्या हुनेछ। यसमा कालो- सीडीयू/सीएसयू, रातो- एसडीपी र हरियो- ग्रिन पार्टी समावेश हुने छ।
त्यस्तै, अर्को गठबन्धन ‘जर्मनी’ बन्न सक्नेछ। जसमा सीडीयू/सीएसयू, एसपीडी र एफडीपी हुनेछन्। अर्को सम्भावित गठबन्धन एसपीडीको नेतृत्वमा लेफ्ट र ग्रिन समावेश हुनसक्ने बताइएको छ।
