PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मैदान नसुकेपछि ईपीएलको काठमाडौं र विराटनगर बिचको खेल रद्ध

मैदान नसुकेपछि ईपीएलको काठमाडौं र विराटनगर बिचको खेल रद्ध

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज पहिलो खेल रद्द भएको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ आमनेसामने हुने थिए। तर, मैदान खेल्न योग्य नभएको कारण रद्ध गरिएको हो। आइतवार दिउँसोदेखि परेको वर्षाको कारण मैदान नसुकेको कारण खेल रद्द गरिएको हो।

उद्घाटन खेलमा ललितपुर प्याट्रियओट्समाथि जित निकाल्दै प्रतियोगिता सुखद सुरुवात गरेको काठमाडौं जितलाई निरन्तरता दिन चाहन्छ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्स आमनेसामने हुनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell