PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

घटस्थापनादेखि सिनेमा हल खुल्दै, २६ गते मात्रै नेपाली फिल्म रिलिज हुने



पहिलोपोस्ट

घटस्थापनादेखि सिनेमा हल खुल्दै, २६ गते मात्रै नेपाली फिल्म रिलिज हुने

काठमाडौं : कोरोना संक्रमणका कारण बन्द भएका सिनेमा हलहरु असोज २१ गते (घटस्थापना)का दिनदेखि खुल्ने भएका छन्। नेपाल चलचित्र संघले देशभरका हलहरुलाई एकपत्रमार्फत हल खोल्न र फिल्म प्रदर्शन गर्न आह्वान गरेको हो।

उपत्यकाका फिल्म निर्माता र वितरकहरु सहित संयोजक अशोक शर्माको संयोजकत्वमा आइतवार बसेको बैठकले ६ बुँदे निर्णय समेत सार्वजनिक गरेको छ।

समितिले नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्को फिल्म रिलिज गर्ने पाइने नियम बनाएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए। यस्तै, नेपाली फिल्म रिलिजको मिति तोकिएको समयमा हलिउड तथा बलिउड फिल्महरु रिलिज गर्न नपाइने शर्माले जानकारी दिए।

'असोज २१ गते सिनेमाघरमा हलिउड फिल्म 'फास्ट एण्ड फ्युरियस ९' रिलिज हुनेछ। नेपाली फिल्म भने २६ गते मात्रै रिलिज हुनेछ। तर कुन नेपाली फिल्म रिलिज हुन्छ भन्ने निर्णय हुन सकेको छैन' उनले बताए।

स्वदेशी तथा विदेशी फिल्मको शेयर बाँडफाँटको हकमा पहिलो हप्ता निर्माता वा वितरकलाई ५५ प्रतिशत शेयर वितरण गरिने र दोश्रो हप्ताबाट ५० प्रतिशत शेयर वितरण गरिने जनाइएको छ।

अघिल्लो तीन महिनासम्म प्रदर्शन गरिने फिल्महरुको रिलिज मिति आगामी  असोज २० भित्र सार्वजनिक गर्न चलचित्र संघले आग्रह गरेको छ। यी नियमहरु भने असोज २१ गतेदेखि ३ महिनासम्म लागु हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell