PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

दक्षिण कोरियामा गर्भवती र बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिइने



पहिलोपोस्ट

दक्षिण कोरियामा गर्भवती र बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिइने
FILE PHOTO : EPA

दक्षिण कोरियाले कोभिड-१९ विरुद्धको खोप गर्भवती महिला र बालबालिकालाई पनि दिइने भएको छ। अर्को महिनादेखि गर्भवती र १२ देखि १७ वर्षका बालबालिकालाई खोप लगाउने निर्णय भएको स्थानीय संचारमाध्यमले उललेख गरेका छन्।

अक्टोबर १८ देखि सुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाख भन्दाबढी बालबालिका लाभान्वित हुने बताइएको छ। गत जुलाइदेखि बालबालिकामा पनि कोरोना संक्रमण बढेपछि खोप दिने निर्णय गरिएको थियो।

अगस्टमा मात्र उक्त उमेर समूहका ३ हजारभन्दा बढी बालबालिका संक्रमित भएका थिए।  त्यसैगरी १ लाख ३६ हजार गर्भवती महिलाहरूले पनि अब पहिलो मात्रा खोप लिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell