PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

लुम्बिनीमा यसरी मनाईयो विश्व पर्यटन दिवस



पहिलोपोस्ट

लुम्बिनीमा यसरी मनाईयो विश्व पर्यटन दिवस

बुटवल : आज ४२ औं विश्व पर्यटन दिवस। ‘समावेशी विकासका लागि पर्यटन’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार विभिन्न कार्यक्रम गरिएको छ।

लुम्बिनी विकास कोषको आयोजना तथा लुम्बिनी होटल संघ, नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ, लुम्बिनी, बृहत्तर लुम्बिनी क्षेत्र स्थानीय पथ प्रदर्शक संस्था लुम्बिनी, महामाया रिक्सा चालक संघ, लुम्बिनी र लुम्बिनी विकास मञ्च, लुम्बिनीको सहयोगमा कार्यक्रम गरिएको हो।

सोमबार बेलुन उडान तथा दीप प्रज्वलन, मायादेवी मन्दिरमा पूजा तथा ध्यान, डुंगा शयर, बिहार तथा मन्दिर अवलोकन, प्रकृति फोटोग्राफी वर्कशप लगायतका कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले जानकारी दिए। उनले यस वर्ष पर्यटन दिवस संक्षिप्त कार्यक्रम गरी मनाइएको बताए। 'पर्यटन सबैभन्दा ठूलो उद्योग भएको छ। र, यो क्षेत्रले धेरै रोजगारीको अवसर सिर्जना गरेको छ। पर्यटन दिवस पर्यटन व्यवसायीका लागि महत्वपूर्ण पर्व हो, 'उनले भने ।

कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले कोभिड–१९ का कारण संसारभर पर्यटन क्षेत्र प्रभावित भएको बताए। उनले करिब एक वर्षसम्म अन्तर्राष्ट्रिय पर्यटक अपेक्षित रुपमा आउन नसक्ने जस्तो देखिएकोले आन्तरिक पर्यटनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए।

'३ करोड नेपालीमध्ये १ करोड नेपाली लुम्बिनी, कपिलवस्तु, रामग्राम, देवदह आए पनि यसले निश्चय नै पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउँछ,' उनले भने।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले विश्वमा शान्तिको सन्देश फैलाउने भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको आफ्नै महत्व रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell