PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सात मिनेटमा नै सकियो प्रतिनिधिसभा बैठक : केही सांसद पुग्न समेत भ्याएनन्



पहिलोपोस्ट

सात मिनेटमा नै सकियो प्रतिनिधिसभा बैठक : केही सांसद पुग्न समेत भ्याएनन्

काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठकमा पनि अवरोध गरेपछि छोटो समयमा  नै बैठक सकिएको छ।

बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोधमा उत्रिएका थिए। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले ७ मिनेटभित्रमा नै बैठक सकिएको जानकारी दिएका थिए।

अर्को बैठक असोज १४ गतेलाई बोलाइएको छ। बैठक छोटो समयमा नै सकिएपछि कतियपय सांसदहरु बैठकमा सहभागी हुन पाएनन्। उनीहरु नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवन पुग्दा सांसदहरु फर्किन सुरु गरेका थिए।

सांसद मोतिलाल दुहगड, शिवमाया तुम्बहाम्फे, मिना पाण्डे, नविना लामा लगायतका सांसदहरु बैठक सकिएपछि संसद भवन पुगेका थिए। यसरी संसद भवन पुगेका सांसदहरुले जामको कारण ढिलो आएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell