PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

तस्विरमा पोखरामा रमाएका विदेशी राजदूत एवं कूटनीतिज्ञको 'हाइकिङ'

तस्विरमा पोखरामा रमाएका विदेशी राजदूत एवं कूटनीतिज्ञको 'हाइकिङ'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा कूटनीतिज्ञ सहभागी भएका छन्।

गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहेका राजदूत एवम् कूटनीतिज्ञहरुले आज बिहान कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा सहभागी भएका छन्।

हाइकिङपश्चात् उनीहरुले दिउँसो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र डेभिज फल्सको अवलोकन गरेका छन्। तत्पश्चात राजदूत एवम् कुटनीतिज्ञहरुलाई फेवातालमा डुङ्गा शयर गर्ने र साँझ फेवातालको बाराही घाटमा गरिने आरती अवलोकन गर्ने कार्यक्रम रहेको छ।

विश्व पर्यटन दिवसकै अवसरमा साँझ रेष्टुराँ एण्ड बार एशोसिएशन पोखराद्वारा आयोजित सांस्कृतिक कार्यक्रम, विभिन्न ठाउँको प्रवर्द्धनात्मक सामग्रीको प्रदर्शन, नेपाली परम्परागत तथा विभिन्न देशका खानाका परिकारसहितको सडक महोत्सवमा उनीहरू सहभागी बन्ने कार्यक्रम छ।

सबै तस्विर : रासस



ट्रेन्डिङ पोस्ट

Ncell