PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

पर्यटन प्रवर्द्धन गर्न जसपा अध्यक्ष उपेन्द्र यादवको टिप्स : एकीकृत योजना बनाउनुस्



पहिलोपोस्ट

पर्यटन प्रवर्द्धन गर्न जसपा अध्यक्ष उपेन्द्र यादवको टिप्स : एकीकृत योजना बनाउनुस्
फोटो : मुख्यमन्त्रीको सचिवालय

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना आवश्यक रहेको बताएका छन्। 

होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले आयोजना गरेको पर्यटन प्रवर्द्धन सम्बन्धि छलफल कार्यक्रममा अध्यक्ष यादवले  धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको प्रदेश नं. २ मा खुद्रा विकासले प्रवर्द्धन सम्भव नरहेको उल्लेख गर्दै सरकारले एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए। 

धार्मिक र ऐतिहासिक पर्यटन विश्वभरकै पर्यटनको ठूलो हिस्सा ओगटेको उल्लेख गर्दै अध्यक्ष यादवले पर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेका प्रदेश भरिकै धार्मिक तथा ऐतिहासिक स्थलहरुलाई समेटेर एकीकृत योजना बनाउन प्रदेश सरकारलाई आग्रह गरे। 

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि प्रदेशका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुमा विकास निर्माणको काम शुरु गरिसकेको र अगामी दिनमा एकीकृत योजना नै बनाएर अघि बढ्ने बताए।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको पर्यटन प्रवर्द्धनका लागि हरेक पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको मुख्यमन्त्री राउतको कथन थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell