PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

उत्तर कोरियाले मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दाबी



पहिलोपोस्ट

उत्तर कोरियाले मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दाबी
File Photo

उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रहार गरेको दाबी दक्षिण कोरियालले गरेको छ। आफ्नो पूर्वी तटीय क्षेत्रमा मिसाइल प्रहार भएको दक्षिण कोरियालले जनाएको हो।

संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाली दूतले प्योङयाङलाई आफ्नो सुरक्षा गर्ने र हतियार परीक्षणको अधिकार भएको बताएपछि यो मिसाइल परीक्षण भएको बीबीसीले उल्लेख गरेको छ।

यही महिनाको सुरुवातमा प्योङयाङले ब्यालास्टिक र क्रुज मिसाइलको पनि परीक्षण गरेको थियो।

केहीदिन अघि मात्रै उत्तर कोरियाले आफूहरु दक्षिण कोरियासँग वार्तामा बस्न चाहेको बताएको थियो। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम जो योङले आफहरु दक्षिण कोरियासँग युद्धको अन्त्य भएको घोषणा गर्न तयार भएको तर त्यसका लागि दक्षिण कोरियाले 'होस्टाइल' नीति परिवर्तन गर्नुपर्ने बताएकी थिइन्।

मंगलवार एक विज्ञप्ती जारी गर्दै अमेरिकी सेनाले आफूहरुलाई मिसाइल परीक्षणको बारेमा अवगत भएको भन्दै त्यसबाट तत्काल अमेरिका र अमेरिकी सहयोग राष्ट्रलाई कुनै खतरा नभएको जनाएको छ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाले मिसाइल परीक्षण गर्नुको कारण बारे अनुसन्धान गर्न निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell