PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

भक्तपुरको सल्लाघारी चोकमा भारतीय नम्बर प्लेटको १८ चक्के ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

भक्तपुरको सल्लाघारी चोकमा भारतीय नम्बर प्लेटको १८ चक्के ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौंः भक्तपुरमा ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ।

सोमवार रति पौने ९ बजे भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारी चोक स्थित अरनिको राजमार्गमा नगरकोटमोडबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश ३-०२-००८ प २५०१ नम्बरको मोटरसाइकललाई सूर्य बिनायकबाट राधेराधेतर्फ जाँदै गरेको भारतीय नम्बरको १८ चक्के खाली टेलर गाडीले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल चालक भक्तपुर सूर्य बिनायक नगरपालिका वडा नम्बर ३ बालकोट बस्ने ४५ वर्षीय गणेश रजौरा र मोटरसाइकलमा पछाडि बसेका भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ कौशलटार बस्ने २८ वर्षीय अमृत सिलवाल घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मोटरसाइकल चालक गणेश रजौरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलमा पछाडि बसेका अमृत सिलवाल भने उपचारपछि फर्किएका छन्।

प्रहरीले ट्रकका चालक भारत राजस्थान प्रदेश अलबर बस्ने वर्ष ५० वर्षीय महादेव शर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell