PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

फेरि उपचारका लागि वर्षमान पुनलाई लगिँदै थाइल्यान्ड, पहिले उपचार गराएकै अस्पतालमा परीक्षण गराउने



पहिलोपोस्ट

फेरि उपचारका लागि वर्षमान पुनलाई लगिँदै थाइल्यान्ड, पहिले उपचार गराएकै अस्पतालमा परीक्षण गराउने
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री वर्षमान पुनलाई थप उपचारका लागि थाइल्यान्डको बैंकक लगिने भएको छ।

यहीँ उपचार गराइरहेका पुनलाई पहिले नै उपचार गरेको समितिभेज अस्पताल लैजान लागिएको हो। जन्डिसका कारण पुन लामो समयदेखि अस्वस्थ रहँदै आएका छन्।

चार वर्षअघि पनि उनलाई कमलपित्तकै समस्याका कारण समितिभेजमा उपचार गराइएको थियो। त्यसअघि उनको सोही रोगको उपचार भारतको मेदान्त अस्पतालमा गरिएको थियो।  

थप उपचारका साथै 'फलो अप'मा पनि लामो समयदेखि नलगिएका कारण थाइल्यान्डमा नै उपचार गराउने र परीक्षणहरु गराउने गरी उनलाई भोलि लगिन लागेको हो। भोलि बिहान ८ बजेको फ्लाइटबाट उनलाई लगिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell