PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

यशराज फिल्मसको पहिलो बेवसिरिजमा इरफानका छोरा बाबिल देखिँदै



पहिलोपोस्ट

यशराज फिल्मसको पहिलो बेवसिरिजमा इरफानका छोरा बाबिल देखिँदै
फाइल फोटो

अभिनेता इरफान खानको निधनपछि उनका छोरा बाबिल पनि फिल्म क्षेत्रमा देखिने भएका छन्। केही समयअघि उनी अनुष्का शर्मा प्रोडक्सनमा बन्न लागेको फिल्म 'काला' मा अनुबन्धित भइसकेका थिए। बाबिलको त्यो डेब्यु फिल्म हुनेछ।

बाबिलसँग इरफानका फ्यानहरुले निकै आशा गरेका छन्। यसैबिच उनी यशराज फिल्म्सको प्रोडक्सनमा बन्न लागेको पहिलो वेबसिरिजमा देखिने भएका छन्। आदित्य चोपडाको यशराज फिल्म्स ओटीटी प्याल्टफर्ममा आउने खबर बाहिरिएसँगै पहिलो वेबसिरिजमा बाबिलको अभिनय देख्न सकिने छ।

अनुसन्धानात्मक थ्रिलर वेब सिरिजमा बाबिलको मुख्य भूमिका रहनेछ। सिरिजको नाम भने तय हुन सकेको छैन। यो बेवसिरिज पाँच एपिसोडको मिनी सिरिज हुनेछ जुन भोपालको पृष्ठभूमिमा आधारित हुनेछ।

वेबसिरिजको छायाङ्कन भने यसै वर्षको नोभेम्बरबाट सुरु हुनेछ। शिव रवैलले सिरिजको निर्देशन गर्नेछन्। सिरिजलाई कुन ओटीटी प्याल्टफर्ममा रिलिज गरिने भन्ने टुंगो लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell