PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

बेलायतमा सेनालाई किन राखिएको छ तयारी अवस्थामा ?



पहिलोपोस्ट

बेलायतमा सेनालाई किन राखिएको छ तयारी अवस्थामा ?
Photo : PA MEDIA / BBC

बेलायतमा इन्धन संकट बढ्दै गएपछि सेनालाई तयारी अवस्थामा राखिएको छ। तेल अभावका कारण पेट्रोल पम्पहरु बन्द हुँदा गाडीहरुको लामो लाइन भएपछि त्यसलाई सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको बीबीसीले उल्लेख गरेको छ।

सरकारले आवश्यक परेमा सेनाका ट्याङकरहरुलाई इन्‍धन ढुवानीका लागि प्रशिक्षण दिने तयारी समेत गरेको छ।

बेलायतमा इन्धनको अभावका दृश्यहरु देखिएपनि व्यापार मन्त्री क्वासी कोर्टनले भने आफूहरुसँग तेलको पर्याप्त आपूर्ति रहेको दाबी गरेका छन्। उनले इन्धन आपूर्तिकर्ताहरुको मागलाई सम्बोधन गर्ने र अवस्था केहीदिनमा नै सामान्य हुने बताएका छन्।

बेलायतमा अनावश्यकरुपमा तेल भण्डारण गर्दा इन्धनको अभाव भएको बताइएको छ। आवश्यकता नभएकाहरुले नै तेल भण्डारण गरेपछि र तेल सकिने हल्लका बिच सयौं चालकहरु पेट्रोल पम्प पुगेको र पम्पहरु रित्तिन पुगेको बताइएको छ।

ब्रेक्जिट र कोभिड १९ का कारण तेल आपूर्ति गर्दै आएका लरी चालकहरुको अभाव भएको बताइन्छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell