काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
१४ हजार ३ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ५८ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ३ सय १८ जना डिस्चार्ज भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ४ सय २२ रहेको छ।
२४ घण्टाको अवधिमा संक्रमण भएका १२ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म संक्रमण भएका मृत्यु हुनेको सङ्ख्या ११ हजार १ सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा २ लाख ८ हजार ९० जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।
