PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

मधुवालाको त्यो गीत जुन अहिले टिकटकमा हिट भइरहेको छ



पहिलोपोस्ट

मधुवालाको त्यो गीत जुन अहिले टिकटकमा हिट भइरहेको छ
Youtube Screenshot

अहिले टिकटकमा एक हिन्दी गीत निकै भाइरल भइरहेको छ। गीतको बोल हो 'एक परदेशी मेरा दिल ले गया…'।

हाल चर्चामा रहेको सो गीतको ओरिजिनल भर्सन भने सन् १९५८ मा रिलिज भएको थियो। ९० को दशकको निकै हिट आशा भोस्ले र मोहम्मद रफीले गाएका थिए। 'फागुन' फिल्मको उक्त गीतमा मधुवाला र भारत भुषणको अभिनय रहेको थियो।  उक्त गीतको शब्द कमाल जलालाबादीले लेखेका थिए।

उक्त गीतलाई केही वर्षअघि सोफी चौधरीले रिमिक्स गरेकी थिइन्। त्यो बेला पनि उनको भर्सन निकै हिट भएको थियो। उक्त गीतमा सोफीजस्तै धेरैले कभर भर्सन निकालेका छन्।

सदाबहार यो गीतको रिमिक्स भर्सनको गीतमा नेपालमा मात्रै करिब ९० हजारले टिकटक भिडियोहरु बनिसकेका छन्।

@twinny__girls Oops haaserai sakiyena 🤣🤣 @amar.amrit ❣️ #ekpardesimeradillegaya #Nepali ♬ original sound - Amar & Amrit Dahal



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell