PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

भारतीय कम्युनिष्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गरे कन्हैया कुमार



पहिलोपोस्ट

भारतीय कम्युनिष्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गरे कन्हैया कुमार
Photo : ANI

कम्युनिष्ट युवा नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन्। आज एक कार्यक्रमबिच बिहारका कन्हैया कांग्रेसमा प्रवेश गरेका हुन्।

जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गर्दा राजनीतिमा होमिएका उनी भारतीय कम्युनिष्ट पार्टीबाट लोकसभामा खडा भएका थिए। तर, उनले निर्वाचनमा पराजय भोग्नु परेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आलोचक मानिने कन्हैयाको कंग्रेस प्रवेशलाई महत्वका साथ हेरिएको छ। कन्हैयाविरुद्ध मोदी सरकारले देशद्रोहको मुद्दा चलाएको थियो।

कन्हैयसँगै मोदीका अर्का आलोचक जिगनेश मेवानी पनि कंग्रेसमा प्रवेश गरेका छन्। गुरात विधानसभामा स्वतन्त्र सांसद रहेका मेवानी राष्ट्रिय दलित अधिकार मञ्चसँग जोडिएका छन्। सन् २०१७ मा भएको विधानसभा निर्वाचनमा उनी उठेको बदगाम क्षेत्रबाट कंग्रेसे उम्मेदवारी दिएको थिएन।

कंग्रेस प्रवेश गर्नुअघि कन्हैया र जिगनेशसँगै राहुल गान्धी शहिद पार्क पुगेर भगत सिंहको प्रतिमामा माल्यार्पण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell